पहिरोका कारण नागढुङ्गा नौविसे सडक खण्ड ठप्प
काठमाडाैं | भदौ ५, २०८१
काठमाडौं: अविरल वर्षासँगै खसेको पहिरोको कारण त्रिभुवन राजपथको नौविसे–नागढुङ्गा सडक खण्ड अवरुद्ध भएको छ ।
केहीवेर अघि सो सडक खण्डको पिपला मोड नजिकै सडक भन्दा माथिल्लो भागको डाँडा खस्दा सडक अवरुद्ध भएको हो ।
अवरुद्ध सडकका कारण संघीय राजधानी प्रवेशका लागि तराईका जिल्लाहरुबाट आएका सवारी साधन र राजधानीबाट बाहिरिने सवारी साधनहरु दुबैतर्फ ठप्प रहेको जिल्ला प्रहरी कार्यालय धादिङका सुचना अधिकारी प्रहरी नायव उपरिक्षक मकेन्द्रकुमार मिश्रले जानकारी दिनु भएको छ ।
सो सडक खुलाउने प्रयास भइरहेको तर पानी परिरहेको र पहिरो जाने क्रम नरोकिएकोले पहिरो पन्छाउन समस्या भएको प्रहरीको भनाइ छ ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

